इस्लामिक सम्मेलनमा सहभागी २ जनाको मृत्यु

इस्लामिक सम्मेलनमा सहभागी २ जनाको मृत्यु

४ फागुन, सप्तरी ।
शनिबारदेखि सप्तरीमा सुरु भएको मुस्लिम समुदायको धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी हुन आएका दुई सहभागीको मृत्यु भएको छ ।

शनिबार साँझ सम्मेलनस्थलमा बेहोस भएका एक जना भारतीय र बिरामी भएर घर फर्कदै गरेका एक नेपाली नागरिकको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी तीलक भारतीले जानकारी दिए ।

भारत मोतिहारी जिल्लाका ७४ वर्षीय हारु रसिदको मृत्यु भएको जनाईएको छ । कालगतीले मृत्यु भएकाले शव परिवारको जिम्मा लगाइ सकिएको प्रहरीले जानकारी दिएको छ । उनको शनिबार बेलुका ६ बजे निधन भएको थियो ।

शनिबारदेखि सुरु भएको सम्मेलनमा करिब अढाइ लाख सहभागी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.