४ फागुन, काठमाडौँ । विराटनगरस्थित मेरिल्याण्ड कलेजले कमजोर विद्यार्थीलाई लक्षित गर्दै ‘एजुकेशनल क्लोज क्याम्प’ सञ्चालन गरेको छ ।
नजिकिँदो हिसानको परीक्षा र बोर्ड परीक्षालाई मध्येनजर गर्दै कमजोर विद्यार्थीहरुका लागि फागुन १ गतेदेखि ‘एजुकेशनल क्लोज क्याम्प’ सुरु गरिएको मेरिल्याल्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।
‘एजुकेशनल क्लोज क्याम्प’ को उद्घाटन कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले गरेका थिए । यस अन्तर्गत कलेजले लेखा, अर्थशास्त्र, बिजनेश स्टडीज लगायतका मुख्य विषयमा बिहान र बेलुका कोचिङको ब्यबस्था गरको प्रिन्सिपल ढकालले बताए । कलेजले सञ्चालन गरेको यो कार्यक्रमका कारण अभिभावकहरु पनि खुसी भएका छन् ।
कलेजले यो कार्यक्रम सञ्चालन गरेकोमा अत्यन्तै खुसी भएको बताउँदै अभिभावक योगेन्द्र मण्डलले कलेजलाई धन्यवाद व्यक्त गरेका छन ।