पूर्वउपसभामुख तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त, आजै दिउँसो सपथ ग्रहण

पूर्वउपसभामुख तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त, आजै दिउँसो सपथ ग्रहण

५ फागुन, काठमाडौँ । पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छन् ।

यसअघि उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि कानुन मन्त्रीको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई दिइएको थियो ।

तुम्बाहाङ्फेले सोमबार दिउँसो साढे ३ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

अग्‍िन सापकोटालाई सभामुख बन्ने बाटो खोलिदिनका लागि तुम्बाहाङ्फेले माघ ६ गते उपसभामुखबाट राजीनामा दिइएकी थिइन् ।

लामो समयसम्म प्रतिनिधिसभाको सर्वोच्च पद रिक्त हुने भन्दै उनले राजीनामा नदिने अडान राख्दै आएकी थिइन् । त्यसपछि उनलाई माघ १४ गते बसेको नेकपाको सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.