हेलिकोप्टरबाट कालापानी अवलोकन गरी फर्कियो रक्षामन्‍त्रीको टोली

हेलिकोप्टरबाट कालापानी अवलोकन गरी फर्कियो रक्षामन्‍त्रीको टोली

५ फागुन, दार्चुला ।
नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको टोली कालापानी अवलोकन गरेर फर्किएको छ । सोमबार बिहान साढे ८ बजे नेपाली सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टरबाट कालापानी क्षेत्रका लागि उडेको टोली बिहान ९ बजे फर्केको हो।

कालापानी क्षेत्रमा अत्याधिक हिमपातका कारण अवतरण हुन नसपछि हेलिकोप्टरबाटै ब्यास गाउँपालिका–१ छाङरु, तिंकरलगायत कालापानी क्षेत्रको अवलोकन गरेको प्रमुख जिल्ला अधिकारी यद्धुनाथ पौड्यालले बताए।

दार्चुलाको व्यास गाउँपालिका १ क्षेत्रमा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र रहेको छ । नेपालको व्यास गाउँपालिकाको छांगरु र तिंकरमा हिमपातका कारण ६ महिना मात्रै मानिसको बसोबास हुने गरेको छ।

जिल्लाको व्यास गाउँपालिका १ मा कालापानी, लिपुलेक र लिम्पीयाधुरा पर्छन् । उक्त क्षेत्रमा ६ महिनामात्रै मानव बस्ती बस्छ भने बाँकी ६ महिना जिल्ला सदरमुकाम खलंगामै बसोबास हुने गर्छ।

उपप्रधानमन्त्रीको टोलीमा दार्चुला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशका उप–सभामुख निर्मला बडाल जोशी, प्रदेशसभा सदस्य गेल्वुसिंह बोहरा र मानबहादुर धामीलगायत सुरक्षा अधिकारी पनि थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.