झापाबाट ठूलो परिणाममा चाँदी र तामाको सामान सहित २ जना पक्राउ

झापाबाट ठूलो परिणाममा चाँदी र तामाको सामान सहित २ जना पक्राउ

५ फागुन, झापा ।
झापाको मेचीनगर नगरपालिका ६ मेची खोला छेउबाट ठूलो परिणाममा चाँदी र तामाको सामान सहित २ जना पक्राउ परेका छन् ।

आइतवार दिउँसो इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले काठमाडौ महानगरपालिका ६ बौद्धका ३४ बर्षीय अजित नगरकोटी र काठमाडौ महानगरपालिका १ का ३८ बर्षीय श्याम सुनुवारलाई चाँदी र तामाका सामान सहित पक्राउ गरेको हो ।

नगरकोटी र मुखियाको साथबाट प्रहरीले ११ केजी ९ सय ग्राम बराबरको चाँदीका सामान र २१ केजी बराबरको तामाका सामान बरामद गरेको हो । पक्राउ परेका मानिस तथा सामान समेत आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाईएको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.