महायज्ञमा गएकी किशोरीमाथि सामुहिक बलात्कार

५ फागुन, बुटवल ।
गाउँमा आयोजित महायज्ञ हेर्न गएकी रुपन्देहीकी एक किशोरी सामूहिक बलात्कारमा परेकी छन् ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिका–३ थुम्हवाकी १६ वर्षीया एक किशोरीलाई स्थानीय तीन जना युवाले जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ । गाउँमा आयोजित महायज्ञमा गएका बेला किशोरीलाई बोलाएर घरभन्दा केही टाढा निर्माणाधीन भवनमा र्पुयाइ तीन जनाले बलात्कार गरेको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक चित्रबहादुर घलेले बलात्कारमा संलग्न भएको अभियोगमा तीन जनालाई नै नियन्त्रणमा लिएको जानकारी दिए । घटनामा संलग्न तीनै जना युवा र किशोरीको मेडिकल परीक्षणको लागि भीम अस्पताल भैरहवा पठाइएको जनाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.