७ फागुन, सुर्खेत ।
बाँके र बर्दियालाई कर्णाली प्रदेशमा तत्कालै गाभ्न नहुने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।
नेकपाको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा सहभागी हुन बुधबार सुर्खेत आएका दाहालले जनचाहनाअनुसार प्रदेशको संरचनामा परिवर्तन हुनसक्ने भएपनि अहिले नै बाँके र बर्दियालाई कर्णालीमा गाभ्न नहुने बताए ।
दाहालले प्रदेशको भू–बनोट सधैं एकै रहने ‘ग्यारेन्टी’ नभएको र जनताको चाहनाअनुसार परिवर्तन हुनसक्नेसमेत बताए ।