७ फागुन, काठमाडौं ।
बबरमहल बमकाण्डका दोषी बुद्धिबहादुर गोले बुधबार जेलमुक्त भएका छन् । उनलाई बुधबार दिउँसो केन्द्रीय कारागारले उनलाई छाडेको छ ।
प्रजातन्त्र दिवसको अवसरमा गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गोलेको कैद मिनाहा गरिदिएपछि उनी जेलमुक्त भएका हुन् ।
गोले १५ फागुन २०६८ मा बबरमहलमा तीन जनाको मृत्यु हुने गरी भएको विष्फोटका दोषी हुन् । घटनामा धादिङका २२ वर्षीय कृष्णबहादुर तामाङ, ७० वर्षीय मनबहादुर तामाङ र वीरबहादुर तामाङको मृत्यु भएको थियो ।
प्रजातन्त्र दिवसको अवसरमा सरकारले हरेक वर्ष कैदीको सजाय मिनाहा गर्दै आएको छ । यो वर्ष गोलेसहित ३ सय २९ जना छुटेका छन् ।