७ फागुन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसका अवसरमा बुधबार पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति प्रति पनि व्यंग्य गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्रले भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाल्न राजनीतिक नेतृत्वसँग आग्रह गरेका थिए ।
निर्वाचन आयोग नेपालको चौथो निर्वाचन दिवसका अवशरमा बोल्दै प्रधानमन्त्री ओलीले केही मानिसहरुले भविष्यका कुरा नगर, भविष्यका कुरा गरेर जनताको मनोबल नउठाउ भनेर अर्ति उपदेश दिएको भन्दै प्रधानमन्त्री अोलीले व्यंग्य गरे । उनले भने , ‘केही मानिसले हामीलाई सल्लाह, सुझाव, अर्ति उपदेश के दिन खोजेको हो कुन्नी यसो सुनिन्छ । भविष्यका कुरा नगर, भविष्यतर्फ नहेर, भविष्यका सुन्दर सपना नबाँड, सुन्र भविष्यको कुरा गरेर जनताको मनोबल नउठाउ, विगगतिर हेर भन्या सुन्छि । यो एउटा प्रतिगामी उद्देश्यसहितको सोचनको प्रकटीकरण हो ।’
पूर्वजहरुको गौरबलाई सधै सम्मान गर्ने उल्ले गर्दै ओलीले पूर्वजहरुका पौरख र उपलब्धिहरुको सम्मान गर्ने बताए । ओलीले विगतका नकारात्मक कुराहरु पनि आफुले नबिर्सेको बताए । दरबार हत्याकाण्ड, माघ १९ जस्ता काला उद्देश्य प्रकटीकरण भएका काला दिनहरु पनि सम्झिरहेको उल्ेलख गर्दै ओलीले हाम्रो स्मरण शक्ति कमजोर छ भनेर नसोच्न आग्रह गरे ।