मोरङको केराबारीमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

मोरङको केराबारीमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

८ फागुन, विराटनगर ।
मोरङको केरावारी गाउँपालिका–९ बेलचौरीकी ६३ बर्षीया लेख माया गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

बिहीबार बिहान ७ बजे गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले घर बाहिर खेतमा मृत अबस्थामा फेला पारेको थियो ।

मृतकको शव कानूनी प्रकृया पूरा गरी परीक्षणको लागि मंगलवारे अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.