८ फागुन, कन्चनपुर ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदबारे सार्वजनिक भएको विवादास्पद् अडियो सम्बन्धमा आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको बताएका छन् ।
बिहीबार नेकपा बेलडाँडीद्वारा बेलडाँडी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले यसलाई राजनीतिक रंग दिएर प्रपोगाण्डा मच्चाउन लागिएको प्रारम्भिक प्रतिक्रिया दिए । ‘जसले गल्ती गर्छ, त्यही जान्छु मन्त्री बाँस्कोटाले भने, ‘यस्ता विषयले पार्टीलाई लैजाने होइन, आत्तिनु पर्दैन, मैले गल्ती गरेको भए मै जाउँला ।’
उनले काठमाडौं फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन् । सेक्युरिटी मेसिन खरिदबारे मन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको छ । मन्त्री आजै बेलौरीमा टेलिकमको उद्घाटन र पुनर्वासमा कार्यकर्ता भेटघाट गरेर काठमाडौं फर्किने कार्यक्रम छ ।