८ फागुन, काठमाडौं ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार विहान भेटवार्ता भएको छ । उनीहरुको प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता भएको स्रोतले जनाएको छ ।
भेटबार्तामा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणबारे कुराकानी भएको र मन्त्री बास्कोटा काठमाडौं फर्किएपछि यसबारे सोधेर निर्णयमा पुग्ने कुराकानी भएको बालुवाटार स्रोतको दाबी छ ।
बिभिन्न कार्यक्रममा सहभागी हुन सुदूरपश्चिममा रहेका बाँस्कोटा बिहीबार काठमाडौँ फकिँदैछन् ।