कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध, सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग

कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध, सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग

८ फागुन, काठमाडौं ।

सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

बिहीबारको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरे । उनले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई जवाफ दिनुपर्ने उनको माग छ । लगतै कांग्रेस सांसदहरु आ आफ्नो स्थानमा उभिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बास्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । अडियोमा एजेन्टले मन्त्रीलाई ५४÷५५ करोड आउने बताएका छन् । राष्ट्रियसभाको अर्को बैठक १५ फागुनमा बस्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.