सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन सरकारलाई लेखा समितिको निर्देशन

सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन सरकारलाई लेखा समितिको निर्देशन

८ फागुन, काठमाडौँ ।
संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकले समितिको अर्को बैठकले निर्णय नगरेसम्म सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।

सेक्युरिटी प्रेस खरिद प्रक्रियामा भएका कमीकजोरीलाई अझै गम्भीरताका साथ छलफल गर्नुपर्ने भएकाले अहिलेलाई यो प्रक्रिया स्थगित गर्न सरकारलाई निर्देशन दिइएको पनि सचिव पाण्डेले बताए।

त्यस्तै सेक्युरिटी प्रेस खरिद प्रक्रियाका बारेमा सार्वजनिक भएको अडियोका बारेमा पछि छानबिन हुने समितिले बताएको छ। लेखा समितिले यस घटनाका बारेमा छलफल गर्न सञ्‍चार मन्त्री बाँस्कोटालाई बोलाए पनि उनी उपस्थित भएनन्।

उनी विभिन्न कार्यक्रमका लागि कञ्‍चनपुर रहेको बुझिएको छ। समितिले बैठकमा बोलाउँदा उपस्थित हुन नसक्‍ने भए पहिले नै जानकारी गराउनुपर्ने व्यवस्था छ। तर मन्त्री बाँस्कोटा भने पूर्वजानकारीबिना नै बैठकमा अनुपस्थित भएका हुन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.