सुनको मुल्यमा नयाँ रेकर्ड, प्रतितोला ७७ हजार ६०० सय रुपैँया पुग्यो

सुनको मुल्यमा नयाँ रेकर्ड, प्रतितोला ७७ हजार ६०० सय रुपैँया पुग्यो

८ फागुन, काठमाडौं ।

नेपाली बजारमा सुनको भाउ तोलामै ७८ हजार नजिक पुगेको छ । महासंघले बिहीबारका लागि तोकेको छापावाला सुनको प्रतितोला मूल्य ७७ हजार ६०० सय छ । बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५०० सय रुपैयाँले बढेको हो ।

बिहीबारको सुनको भाउले हालसम्म कायम भएको उच्च मूल्यको सबै रेकर्ड तोडेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै बिहीबार तेजावी सुन पनि प्रतितोला ५०० रुपैयाँले बढेर ७७ हजार ३०० रुपैयाँमा पुगेको छ भने चाँदीको भाउमा पनि बिहीबार वृद्धि भएको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ९१५ रुपैयाँ पुगेको छ ।

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र सुस्ताउँदा लगानीकर्ताहरुले लगानी सुरक्षित गर्न सुनमा लगानी गर्दा मूल्य बढेको जनाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.