सञ्चारमन्त्रीले विवादास्पद अडियोमा बोलेको अश्लील शब्दप्रति कर्मचारीले गरे विरोध

सञ्चारमन्त्रीले विवादास्पद अडियोमा बोलेको अश्लील शब्दप्रति कर्मचारीले गरे विरोध

८ फागुन, काठमाडौँ ।
७० करोड रुपैयाँ कमिसनका लागि ‘सेटिङ’ गर्दै गरेको ‘अडियो’ मा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रयोग गरेको शव्दको समेत व्यापक विरोध हुन थालेको छ।

उनले कमिसनका लागि ‘सेटिङ’ गर्दै गर्दै कर्मचारीलाई अश्लील शब्द प्रयोग गरेको पाइएपछि सामाजिक सञ्जालमा त्यसको व्यापक विरोध भइरहेका बेला नेपाल निजामती कर्मचारी युनियन (संघ)ले पनि गरेको छ।

संघले बिहीबार एक विज्ञप्तिमार्फत मन्त्री ज्ञवालीले आफ्नो पदीय मर्यादा नाघेर कर्मचारीलाई अश्लील शब्द प्रयोग गरेको भन्दै विरोध गरेको हो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.