८ फागुन, इलाम ।
इलामको देउमाई नगरपालिका–८ बस्ने १८ बर्षीय नबिन अधिकारीको खोलामा डुबेर मृत्यु भएको छ ।
बिहीबार दिउँसो सोही नगरपालिका–९ मा रहेको गुनमुनेको माइखोलाको ड्याममा पौडी खेल्ने क्रममा एक्कासी डुबेर अधीकारीको मृत्यु भएको आफन्तले प्रहरीलाई बताएका छन् ।
घटनापछि पुगेको प्रहरीले कानुनी कारबाही सुरु गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।