८ फागुन, काठमाडौँ ।
सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । मन्त्री बाँस्कोटाले बिहीबार बिहान कञ्चनपुरमा रहेका उनले काठमाडौं फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार बाँस्कोटाले विमानस्थालबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजनीमामा बुझाएका थिए । मन्त्री बाँस्कोटाले राजीनामा दिएको अनौपचारिक जानकारी आफूलाई प्राप्त भएको सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा बैठकलाई जानकारी गराएका छन् ।
७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् ।