सुनसरी र झापाका दुई प्रहरी जवान बने माघमा सर्वाेत्कृष्ट प्रहरी

सुनसरी र झापाका दुई प्रहरी जवान बने माघमा सर्वाेत्कृष्ट प्रहरी

८ फागुन, बिराटनगर ।
जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवान राजकुमार घिमिरे र इलाका प्रहरी कार्यालय धुलावारी झापामा कार्यरत प्रहरी जवान श्रीमान राई माघ महिनाको प्रदेश १ को सर्वाेत्कृष्ट प्रहरी घोषित भएका छन । उनीहरुले गरेको कार्यको मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट सर्वाेत्कृष्ट प्रहरी घोषित गरेको हो ।

उनीहरुले विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसकासाथ प्रतिबन्धित लागूऔषध ओसार–पसार, अवैध रुपमा बिभिन्न किसिमका खाद्यान्न सामानहरु तस्करीमा संलग्न व्यक्तिहरु एवम् बिभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको कुराको मुल्यांकन गर्दै सर्वोत्कृष्ट प्रहरी घोषित गरेको जनाएको छ ।

उनीहरुको कामले आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूति अभिवृद्धि गर्ने तर्फ प्रशंसनीय कार्य गरेको जनाईएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वाेत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वाेत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.