कुवेतमा ज्यान गुमाएका ६ जनाको शव नेपाल आइपुग्यो

कुवेतमा ज्यान गुमाएका ६ जनाको शव नेपाल आइपुग्यो

९ फागुन, काठमाडौँ । कुवेतमा बालुवा, ढुंगाको ढिस्कोले पुरिएर ज्यान गुमाएका ६ जना कामदारको शव नेपाल आइपुगेको छ । कुवेतको आवासीय सहर ‘साउथ अल मुत्तला सिटी’ मा गत बुधबार पाइप बिछ्याउने क्रममा बालुवा, ढुंगाको ढिस्कोले पुरिएर ६ जनाको ज्यान गएको थियो ।

युनिभर्सल लिडरर्स एन्ड जेनेरल कन्स्ट्रक्टिङ कम्पनीले कुवेतबाट काठमाडौं सिधा उडान भर्ने जजिरा एयरलाइन्समार्फत मृतकहरूको शव नेपाल पठाएको हो । कम्पनीले आफ्नै खर्चमा शव नेपाल पठाएको हो ।

धैरेनी–१, चिडीपानी पाल्पाका ३० वर्षीय एकबहादुर गाहा, ताप्लेजुङका ४१ वर्षीय वसन्त गुरुङ र दाङका २५ वर्षीय श्यामनारायण चौधरीको शव बिहीबार बिहान काठमाडौं विमानस्थलमा उतारिएको हो । उनीहरूको शव परिवारले बुझेका छन् । दोधाना–७, सिरहाका ४० वर्षीय गंगाराम चौधरी, उवा–४, थवाङ, रोल्पाका २४ वर्षीय राजु रोका मगर र बन्जारिया–९, धरमपुर, नवलपरासीका २६ वर्षीय पूर्णबहादुर सुनारी मगरको शव पनि काठमाडौं आइपुगेको जनाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.