शिवरात्रिमा सडकमा डोरी टाँगेर बसेका एक बालकको बसको ठक्करबाट मृत्यु

शिवरात्रिमा सडकमा डोरी टाँगेर बसेका एक बालकको बसको ठक्करबाट मृत्यु

९ फागुन, दोलखा । दोलखाको कालिञ्चोक गाँउपालिका ९ सुन्दरावतिमा यात्रुबाहक बसको ठक्करबाट एक बालकको ज्यान गएको छ।

शिवरात्रिका अवसरमा पुजन थामी नाम गरेका बालक आफ्ना साथीहरुसँग डोरी टाँगेर बाटोमा बसेका थिए ।

११ बजेतिर हुइँकेर आएको बा ४ ख ५८०९ नम्बरको बसले थामीलाई ठक्कर दिएको हो ।

बसले ठक्कर दिँदा बालकको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहराले बताए ।

प्रहरीले बसका चालकलाई पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको निरीक्षक बोहराले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.