यथास्थितिमा एमसीसी अनुमाेदन नगर्न नेकपा कार्यदलको सुझाव

यथास्थितिमा एमसीसी अनुमाेदन नगर्न नेकपा कार्यदलको सुझाव

९ फागुन, काठमाडौं ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न गठन भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको कार्यदलले शुक्रबार प्रतिवेदन बुझाएको छ । शुक्रबार साँझ कार्यदलका झलनाथ खनालले पार्टी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सुझावसहित तयार पारेको प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनमा यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न नहुने सुझाव दिइएको छ । सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन गरिएको कार्यदल सदस्य भीम रावलले जानकारी दिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठकले एमसीसीबारे अध्ययन गर्न सचिवालय सदस्य झलनाथ खनाल र स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली रहेको समिति गठन गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.