विवाहबाट फर्किने क्रममा लडेर एक महिलाको मृत्यु

विवाहबाट फर्किने क्रममा लडेर एक महिलाको मृत्यु

१० फागुन, तेह्रथुम ।
तेह्रथुम फेदाप जौबारी बस्ने ६० बर्षीया अम्बिका देवी ढकालको लडेर मृत्यु भएको छ ।

शुक्रबार अपरान्ह छिमेकीको विवाहबाट घर तर्फ फर्कने क्रममा बाटोबाट २५ मिटर तल झरी गम्भिर घाईते भएकी थिइन् ।

घाईते अम्बिका देवीको उपचारको क्रममा जिल्ला अस्पताल तेह्रथुममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.