बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुशन्धान गर्नेः देव गुरुङ

बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुशन्धान गर्नेः देव गुरुङ

१० फागुन, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुशन्धान गर्ने बताएका छन् ।

शनिवार काठाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै सेक्युरिटी प्रिन्टिङ प्रेस सम्बन्धी विषय जिटुजी सम्झौताबाट मात्र गर्ने भनिएपनि विना ग्लोबल टेण्डर नगरेर कुनै कम्पनीसँग सम्झौता गरेर जाने खालको देखिनु र यहि बिचमा मन्त्रीको अडियो बाहिरिनुले प्रश्न उठेको बताए ।

उनले यो विषयमा संसदको सार्वजनिक लेखा समितिले छानविन गरिरहेको र त्यसको प्रतिवेदन अनुसार हुने बताए । उनले मन्त्रीले भ्रस्टाचार गरे नगरेको कानूनी छानविन गर्न सरकार दृढ भएकाले अख्तियारले छानविन गर्ने बताए ।

नेता गुरुङले पार्टीको केन्द्रीय कमिटीले गठन गरेको कार्यदलले एमसीसीका विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको र एमसीसीका सर्तहरुमा परिमार्जन गरेर मात्र जाने सुझाव दिएकाले पार्टीले छिट्टै निर्णय गर्ने बताए ।

उनले सरकारले एमसीसीलाई निरन्तरता दिने प्रतिकृया प्रधानमन्त्री ओलीले दिएपनि पार्टीको निर्णय नै अन्तिम हुने बताए । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द लोहनीले सामन्ती व्यवस्थामा शोषण गरिएजस्तै प्रजातन्त्रको वैधानिकता लिएर नवसामन्तवादी शोषणको अध्याय सुरु भएको बताए ।

उनले सेक्युरिटी प्रेसका विषयमा मन्त्रीको अडियो सार्वजनिक हुनु र मन्त्रीमात्र यसमा संलग्न हुन नसक्ने भएकाले यसको पछाडि भएका सबैमाथि छानविन हुनुपर्ने बताए । उनले प्रधानमन्त्री ओलीले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

उनले वैदेशिक लगानी ल्याउनुपर्ने तर एमसीसीमा रहेका असमान सम्झौतामा सुधार गर्नुपर्ने बताए । त्यस्तै सरकारको बजेट पूर्णरुपमा असफल भएको र बजेटले सबैतहमा भ्रष्टचारलाई विकेन्द्रीकरण गरेको बताए ।

त्यस्तै धर्म निरपेक्षताको नाउँमा नेपालको संस्कृतिमाथि हमला हुँदा समेत सरकारले चासो नदिएको आरोप समेत लगाए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.