२० देशका अनुसन्धानकर्मीको सहभागितामा नेपालमा महिनावारी कार्यशाला गोष्ठि हुने

२० देशका अनुसन्धानकर्मीको सहभागितामा नेपालमा महिनावारी कार्यशाला गोष्ठि हुने

११ फागुन, काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मावअधिकार आयोगले मर्यादित महिनावारी कार्यशाला गोष्ठि गर्ने भएको छ ।

जेष्ठ १६ गते दोस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवशर पारेर २०७७ जेष्ठ १३, १४ र १५ गते गोष्ठि हुने भएको हो । सहआयोजकमा दक्षिण गोलार्दयीय मर्यादित महिलावारी सञ्जाल रहेको छ । महिनावारीका सम्बन्धमा भए/गरेका कामहरुलाई परिवर्तन गर्ने उद्देश्यले आयोजना हुने गोष्ठिमा २० देशका अनुसन्धानकर्मी, अभियानकर्मी, सरकारी प्रतिनिधि तथा नीति निर्माताहरु सहभागि हुनेछन् ।

‘महिनावारीका कुरा, मर्यादा केन्द्रीय भएमात्रै हुन्छ पुरा’ भन्ने नाराका साथ हुने गोष्ठि संसारकै पहिलो भएको मन्त्रालयले दावी गरेको छ । कार्यशाला गोष्ठिमा भान्सादेखि संसदसम्म महिनावारी निषेधको अन्त्य यौनिक र प्रजनन स्वास्थ्य अधिकार, आवाज छानो र एजेन्सी, पहिलो महिनावारी देखि रोकिने सम्मको विभेद, युवाहरुको भूमिका, धर्म व्यवहार, खानेपानी, सरसफाइ, नीति र जवाफदेहिता बहिस्करणमा परेका/पारिएकाहरुको अवस्था र अधिकार अनुसन्धान र कार्यान्वयनको विषयमा छलफल हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.