१२ फाल्गुन, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ताबाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लाहानबाट गाईघाट तर्फ जाँदै गरेको लु ५४ प ८७६३ नम्बरको मोटरसाईकललाई रोकेर चेक जाँच गर्ने क्रममा मोटरसाईकल चालक स्थानिय २२ बर्षीय मोहम्मद काबिरको साथबाट प्रहरीले नियन्त्रीत लागुऔषध डाईजोल्याप–५ पिस, प्रोमेफाजिन–५ पिस, नुफिन–५ पिस र प्रयोग गरेको सिरीन्ज–३ पिस, बरामद गरेको थियो ।
लागुऔषध सहित पक्राउ परेकामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।