सहकर्मीलाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्वअसई प्रकाउ

सहकर्मीलाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्वअसई प्रकाउ

१२ फागुन, काठमाडौं ।
बलात्कारको आरोपमा नेपाल प्रहरीका पूर्वअसई राजेन्द्र राई पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीका अनुसार सहकर्मीलाई बलात्कार गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो ।

९ महिनाअघि आफू बलात्कृत भएको भन्दै एक महिला प्रहरीले राजेनद्रविरुद्ध महिला तथा बालबालिका सेल, कालीमाटीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको बोगटीले जानकारी दिए ।

बलात्कारको आरोप लागेपछि प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयमा कार्यरत राईले यही फागुन १ गते राजीनामा दिएका थिए । राईलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गराइ अनुसन्धान भइरहेको जनाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.