छोरीलाई जबर्जस्ती करणी गर्ने बाबुलाई जन्मकैद

छोरीलाई जबर्जस्ती करणी गर्ने बाबुलाई जन्मकैद

१२ फागुन, तनहुँ । 

तनहुँ जिल्ला अदालतले हाडनाता सम्बन्धमा भएको बलात्कार घटनाका अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको आजको इजलासले छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बाबुलाई जन्मकैदको फैसला सुनाएको हो ।

शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी बस्ने अभियुक्तलाई जबर्जस्ती करणी र हाडनातामा जन्मकैदको फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए । अभियुक्तविरुद्ध जबर्जस्ती करणी उद्योग तथा हाडनाता करणीमा गत भदौ ५ गते अदालतमा मुद्दा दायर गरिएको थियो ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.