देश आमा हुन्, काटेर खान मिल्दैन : भीम रावल

देश आमा हुन्, काटेर खान मिल्दैन : भीम रावल

१२ फागुन, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मनाएको जन्मदिनको विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले विरोध गरेका छन्। सोमबार ट्वीट गर्दै रावलले प्रधानमन्त्रीले भड्किलो जन्मदिन मनाएको भन्दै विरोध गरेका हुन्।

उनले प्रधानमन्त्रीले नक्साको केक काटेको विषयमा पनि रावलले देशलाई आमा मानिने र यसलाई काटेर खान नमिल्ने बताएका छन् ।रावलले ट्वीट गरेका छन् ‘प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना। यो मनन गर्नु भने उचित हुन्छ–केक काट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन’

उनले ठुलो रकम खर्च गरेको भन्दै लेखेका छन् ‘अँझ सम्वृद्धिका लागि संसारका सामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन मिल्दैन। पार्टी निर्णयले झनै मिल्दैन।’

नेपालको नक्सा बनाएको केक काटिएपछि सामाजिक सञ्जालमा धेरैले प्रधानमन्त्री ओलीको विरोध भएको छ। आइतबार प्रधानमन्त्री ओलीले तेह्रथुमको आफ्नै जन्मघरमा नेपालको नक्सा बनाएको केक काटेर ६९ औं जन्मदिन मनाएका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.