१३ फागुन, पोखरा । फेवातालमा डुंगा सवारका क्रममा सोमबार बेपत्ता भएका काठमाडौं १० कपनका सुमित भन्ने रामशरण लुइँटेलको शव फेला परेको छ ।
गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिएका उद्धार टोलीले खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो रामशरणको शव फेला पारेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
रामशरणसँगै डुंगामा सवार काठमाडौं १० कपनकै २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारीको भने प्रहरीले सकुशल उद्धार गरेको थियो ।
पोखरा घुम्न आएका उनीहरूले आफैं डुंगा चलाएर फेवाताल घुम्न गएका थिए।