नेपाल ट्रस्टको स्वेतपत्र जारी, १२ जिल्लामा २१ हजार रोपनी जग्गा

नेपाल ट्रस्टको स्वेतपत्र जारी, १२ जिल्लामा २१ हजार रोपनी जग्गा

१३ फागुन, काठमाडौँ ।

नेपाल ट्रष्टले स्वेतपत्र जारी गर्दै आफ्नो नाममा रहेको जग्गा र सम्पत्तिको विवरण सार्वजनिक गरेको छ । मंगलबार स्वेतपत्र जारी गर्दै ट्रस्टले आफ्नो नाममा रहेको जग्गा, अहिलेसम्म लिज दिइएको जग्गा र सम्पत्तिको विषयमा जानकारी दिएको हो ।

देशभरीका १२ जिल्लामा रहेको करिब २१ हजार ५ सय ६२ रोपनी जग्गामध्ये करिब १७२ रोपनीमा मोहीहरुले बसोबास र खेती गरिरहेका छन् । उक्त समयमा विजयकुमार गच्छदार ट्रष्टको अध्यक्ष थिए । ट्रस्टले २०६९ भदौमा मन्त्रिपरिषदबाट निर्णय गरी मोहीको नाममा कायम भएको जग्गा फिर्ताका लागि लागि सार्वजनिक तथा सार्वजनिक सम्पत्ति छानबिन आयोगमा उजुरी दिइएको ट्रष्टका अध्यक्ष रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताए ।

तत्कालिन समयमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री तथा ट्रष्टको संरक्षक रहेका बेला साविकको बालाजु ८, मातातिर्थ १, सतुंगल, थानकोट महादेवस्थान लगायतका क्षेत्रमा रहेका जग्गामा फिर्ताका लागि आयोगमा उजुरी दिएको हो । २०६९ भदौ ११ गतेको मन्त्रिपरिषद् निर्णय गरी मोहीका नाममा नामसारी भएको थियो । ट्रष्टको चल सम्पत्ति ७८ करोड, ९ लाख, ७७ हजार ७९३ नेपाली रुपैयाँ, १ लाख ४८ हजार ५ सय ८१ अमेरिकी डलर र ५० हजार १२४ ब्रिटिस पाउण्ड स्टर्लिङ रहेको छ ।

यसैगरी नबिल बैंकको ५ लाख, ३३ हजार २४४ कित्ता, होटल डेला अन्नपूर्णको ३० हजार ७२० कित्ता र नेपाल औद्योगिक विकास निगमको ६ हजार ७५० कित्तासमेत नेपाल ट्रष्टको नाममा रहेको छ । ट्रष्टको सम्पत्तिमध्ये ६ स्थानमा लिजमा रहेका छन् । गोकर्ण, कमलादी, टेकु र लाजिम्पाटको ४ वटा सम्पत्ति तत्कालिन राजपरिवारले दिएको र दरबारमार्ग र ताहचलको २ वटा सम्पत्ति २०६४ सालमा नेपाल ट्रष्टको स्थापना भएपछि लिजमा दिइएको स्वेतपत्रमा उल्लेख गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.