प्रजातन्त्रका लागि अन्तिम लडाई लड्नुपर्ने अवस्था आउन सक्छ: देउवा

प्रजातन्त्रका लागि अन्तिम लडाई लड्नुपर्ने अवस्था आउन सक्छ: देउवा

१३ फागुन, काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि अन्तिम लडाई लडनुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

कांग्रेस नेता महेन्द्रनारायण निधिको ९८ औं जन्म जयन्तीका आवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले शान्तिपूर्ण आन्दोलन पनि गर्न नदिएकाले फेरी एकपटक कांग्रेसले प्रजातन्त्रका लागि लडनुपर्ने अवस्था आउन सक्ने बताएका हुन् ।

उनले प्रजातन्त्रका लागि कुनैपनि समयमा अन्तिम लडाई लडनुपर्ने अवस्था आउन सक्ने भन्दै नेताहरुलाई एकजुट हुन आग्रह गरे । कुनैपनि किसिमको हिंसाबाट मुक्त समाज स्थापित गराउन र प्रजातन्त्रको खिलापमा कांग्रेसले कसैसँग सम्झौता नगर्ने समेत बताए ।

सभापति देउवाले कांग्रेस भित्र केही विवादहरु देखिएपनि त्यसको समाधान पार्टीभित्रैबाट खोजिएको समेत बताए । तर राष्ट्रको हितका लागि कांग्रेस सँधै एकजुट भएर लडाई लडेको भन्दै अव पनि अन्तिम लडाई लडन तयार रहेको बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.