१३ फागुन, काठमाडौँ ।
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले वल्र्ड ११ र एसिया ११ बीच दुई टी–२० म्याच आयोजना गर्ने भएको छ । बंगलादेशका संस्थापक शेख मुजीव उर–रहमानको १०० औं जन्मजयन्तीको अवसरमा मार्चमा यो खेल गर्न लागिएको हो ।
सो खेलका लागि सार्वजनिक गरिएको खेलाडीको सुचीमा एसिया ११ बाट नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पनि समावेश छन् । सिरिज मार्च २१ र २२ मा बंगलादेशको शेर–ए बंगला रंगशालामा हुनेछ ।
एसियाको टोलीमा भारतीय कप्तान विराट कोहली, श्रीलंकका लसिथ मालिंगा, बंगलादेशका मुस्ताफिजुर रहमान, अफगानिस्तानका राशिद खान लगायत स्टार खेलाडी समावेश छन् । सन्दीपले सम्भवतः एभरेष्ट प्रिमियर लिगको एक खेल गुमाउने छन् । इपिएल मार्च १४–२८ सम्म टियू मैदानमा आयोजना हुनेछ ।
एसिया–११ म समावेश खेलाडी :
केएल राहुल, शिखर धवन, विराट कोहली, तमीम इक्बाल, लिटन दास, ऋषभ पन्त, मुस्फिकुर रहीम, थिसारा परेरा, राशीद खान, मुस्ताफिजुर रहमान, सन्दीप लामिछाने, लासिथ मालिंगा, मोहमद शामी, कुलदीप यादव, मुजिब उर रहमान