कुलो बनाउन गएका तेह्रथुमका लिम्बु मृत फेला

कुलो बनाउन गएका तेह्रथुमका लिम्बु मृत फेला

१४ फागुन, तेह्रथुम ।
तेह्रथुमको फेदाप गाउँपालिका २ का ५७ बर्षीय टेकबहादुर लिम्बु पंचमी सल्लेरी सामुदायिक वनको कुलो मुनि मृत फेला परेका छन् ।

मंगलबार बिहान ७ बजे कुलो बनाउन भनी गएका लिम्बु घर फर्केर नआएपछि खोजतलास गर्दै जाने क्रममा बुधबार बिहान कुलो भन्दा करिब सय मिटर तल मृत फेला परेका थिए ।

मृत्युको कारणबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.