पारस बने महिन्द्राको ब्रान्ड एम्बेसडर, पाए ५१ लाखको गाडी

पारस बने महिन्द्राको ब्रान्ड एम्बेसडर, पाए ५१ लाखको गाडी

१४ फागुन, काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा अलराउन्डर पारस खड्का महिन्द्राको ब्रान्ड एम्बेसडर भएका छन् ।महिन्द्राको आधिकारीक विक्रेता अग्नि ग्रुपले बुधबार एक कार्यक्रमको आयोजना गरी पारसलाई ब्रान्ड एम्बेसडर बनाएको घोषणा गरेको हो ।

ब्रान्ड एम्बेसडरमा नियुक्त भएसँगै उनलाई महिन्द्राको आधिकारीक विक्रेता अग्नि ग्रुपले एक्सयूभी ३०० गाडी प्रदान गरेको छ ।पारसलाई अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले सहकार्यको घोषणा गर्दै ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड विजेता गाडी एक्सयूभी ३०० हस्तान्तरण गरेका हुन् । खड्काले पाएको सो कारको मुल्य ५० लाख ७५ हजार रुपैँया रहेको छ ।

ब्रान्ड एम्बेसडरमा नियुक्त भएपछि पारसले लामो समय देखी अग्नि ग्रुपसँग सम्बन्ध रहेको बताए । उनले भने–‘अग्नि ग्रुपसँग मेरो सधैं असल सम्बन्ध रहेको छ । म यो ग्रुपको डिस्ट्रिब्युटरसीप रहेको मोटरसाइकलको समयदेखि नै ब्रान्डको साथमा छु । लामो समय देखी अग्नि ग्रुपसँग मेरो सम्बन्ध राम्रो छ । पेशागत कारणले पनि सधैं मेरो एक्सयूभी गाडी पहिलो रोजाईमा पर्दै आएको छ’,।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.