कटहरीका एक युवाले जन्मदिनको खर्च बचाएर शैक्षिक सामग्री बाँडे

कटहरीका एक युवाले जन्मदिनको खर्च बचाएर शैक्षिक सामग्री बाँडे

१५ फागुन, विराटनगर ।
मोरङको कटहरीका एक युवाले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

जन्मदिन ठूलो खर्च गरेर मनाउने चलन बढ्दैजाँदा खयरवना युवा क्लवका सचिव तथा परिवर्तनका लागि हातेमालो कटहरी अध्यक्ष संजित साहले मंगलबार २ वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

कटहरी वडा नं ४ मा रहेको श्री आधारभुत बिद्यालय र जामिया इस्लाम मियाँ आधारभुत विद्यालयका विद्यार्थीहरुलाई कापी, कलम, चकलेट वितरण गरिएको साहले बताए । साहले ५ सय ४० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.