छुरा प्रहारबाट छिमेकीले गरे अब्दुलको हत्या

छुरा प्रहारबाट छिमेकीले गरे अब्दुलको हत्या

१७ फागुन, पर्सा ।
रौतहटमा छुरा प्रहारबाट एक व्‍यक्तिको हत्या भएको छ ।

पानी तान्‍ने मोटर चोरी भएको विषयमा विवाद हुँदा रौतहटमा आफ्नै छिमेकीले छुरा प्रहार गर्दा अब्दुल खैरको हत्या भएको छ। कटहरिया नगरपालिका वडा–२ जमुनिया बस्ने २५ वर्षीय मुस्ताक आलमले आफनै २० वर्षीय छिमेकी अब्दुल खैरको पेटमा छुरा प्रहार गरि हत्या गरेका हुन।

मृतक खैरको दुई दिन अघि पानी तान्ने मोटर चोरी भएको थियो । जसको आरोप छुरा प्रहार गर्ने आलम माथि लागेको थियो। शुक्रवार राती छुरा लिएर आलमले खैरलाई खोज्नेक्रममा हथियाही गाविसका पूर्व अध्यक्ष सेराजुल देवानको घर अगाडि दुबैजनाको भेट भएको थियो।

सोहीक्रममा दुबैजनाीच बिबाद हुदा झगडा कुटपिटमा परिणत भएको थियो । कुटपिटकै क्रममा आलममले आफुसँग रहेको छुरा निकालेर खैरको पेटमा प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको रौतहटका प्रहरी प्रबक्ता नबिन कार्कीले जानकारी दिए।

खैरलाई छुरा प्रहार गरेर फरार भएका आलमलाई गुजरा नगरपालिका–६ खतवहिया गाँउबाट शुक्रबार राति ११ बजे पक्राउ गरिएको कार्कीले बताए।

मृतकको खैरको शबलाई शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको तथा घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.