सन्दीपको टि २० मा ऐतिहासिक एक सय विकेट पुरा

सन्दीपको टि २० मा ऐतिहासिक एक सय विकेट पुरा

१७ फागुन, विराटनगर ।
लेग स्पिनर सन्दीप लामिछानेले टि ट्वान्टी क्रिकेटमा एक सय विकेट पुरा गरेका छन् ।

यससंगै ट्वान्टी–२० क्रिकेटमा सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् सन्दीप लामिछाने । शनिबार इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत मलेसियाविरुद्ध उनले विकेट लिँदै सय विकेट पूरा गरेका हुन् ।

शनिबार थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा सन्दीपले मलेसियाका विरनदीप जगजित सिंह र खिजर हायात दुर्रानीको विकेट लिएर कीर्तिमानी बनाएका हुन्। उनले ७५ खेलमा १०१ विकेट लिएका छन्।

उनले आफ्नो पहिलो ओभर मेडन राख्दै २ विकेट चड्काएका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.