भौतिक पूर्वाधार मन्त्रालयलको प्रगति विवरण, ९५ सयवटा खल्डाखुल्डी पुरियो

भौतिक पूर्वाधार मन्त्रालयलको प्रगति विवरण, ९५ सयवटा खल्डाखुल्डी पुरियो

१७ फागुन, काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले आफ्नो सय दिने कार्यप्रगति सार्वजनिक गरेका छन् ।

शनिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री नेम्वाङले मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवशरमा मन्त्रालयबाट भएका मुख्य मुख्य कामहरुको विवरण सार्वजनिक गरेका हुन् ।

एक सय दिनमा उपत्यकाभित्र रहेका ९ हजार ५ सयवटा सडकका खल्डाखुल्डी पुर्ने कार्य भएको उनले बताए । यो सडकहरु खाल्डाखुल्डी र धुलोरहित बनाउने योजनामा प्राप्त भएको महत्वपूर्ण सफलता भएको उनले बताए ।

एक सय दिनको अवधिमा मर्मत समेत गरी उपत्यकामा २७ किलोमिटर सडक कालोपत्रे भएको मन्त्री नेम्वाङले बताए । हिउँदको भएकाले उल्लेखनिय मात्रामा कालोपत्रेको काम हुन नसकेपनि प्राप्त उपलब्धि गौरवपूर्ण भएको र आर्थिक वर्षको अन्त्यसम्म थप ८५ किलोमिटर सडकहरु कालोपत्रे गर्ने लक्ष्य मन्त्रालयले लिएको उनले बताए ।

मन्त्री नेम्वाङले कोटेश्वरको ट्राफिक जाम व्यवस्थापनका लागि अल्पकालिन र दिर्घकालिन समाधानका लागि मन्त्रालयले काम गरिरहेको बताए । अल्पकालिन अवस्थाका लागि चार लेनको सडक निर्माणकार्य अगाडी बढाइएको उनले बताए ।

सडक चौडा बनाउन दक्षिणतर्फ जग्गा प्राप्ती भइसकेको र उत्तरतर्फ जग्गा अधिग्रहको प्रकृया सुरु भएको उनले बताए । मनोहरा कोरिडोरको सडकलाई समेत प्रयोगमा ल्याएर सवारी डाइभर्ट गर्ने बैकल्पिक मार्गको प्रयोग गरिने उनले बताए ।

चक्रपथ अन्तर्गत पर्ने ग्वार्को चोक, सातदोबाटो चोक र नख्खु चोकमा फ्लाईओभर निर्माणका लागि डिपिआर तयारीका लागि परामर्शदाता छनोटको काम भइरहेको छ । सुर्यविनायक—धुलिखेल सडकलाई विस्तार गर्दै कोटेश्वर र जडिबुटी चोकको ट्राफिक जामलाई दीर्घकालिन रुपमा समाधान गर्न फ्लाइओभर र अण्डरपास निर्माणका लागि जापान सरकारसँग समन्वय भइरहेको उनले बताए ।

मन्त्रालयले उपत्यकाका १७ वटा चोकहरुमा ट्राफिक बत्ति जडान गरी सञ्चालनमा ल्याएको छ । बाक्ी ६ वटा चोकहरुमा असारभित्र मर्मतगरी सचालनमा ल्याउने योजना मान्त्रालयले अघि सारेको छ ।

त्यसैगरी पैदलयात्रुलाई सुरक्षित रुपमा बाटो काट्नका लागि रिङरोडको बालकुमारी, सातदोबाटो र एकान्तकुनामा आकासे पुल निर्माण गरिएको छ । बल्खु, सानेपा, महालक्ष्मीस्थान र बानेश्वरमा थप आकासे पुल निर्माण डिजाइन सम्पन्न भइ ठेक्का व्यवस्थापनको प्रकृयामा रहेको छ ।

यसैगरी चक्रपथ विस्तारको दोश्रो खण्डअन्तर्गत कलंकी—महाराजगञ्जखण्ड विस्तार कार्यको प्रारम्भिक कामहरु अन्तिम चरणमा पुगेको छ । चक्रपथको तिनकुने—एयरपोर्ट—तिलगंगा सडक खण्डलाई ८ लेनमा स्तरोन्नती गर्न डिपिआएर तयार भएको छ ।

मन्त्रालयले राष्ट्रिय गौरबका आयोजना निर्माणका कामलाई पनि तिव्रता दिएको जनाएको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत १८ किलोमिटर सडक कालोपत्रे भएको छ । ६ वटा पुल निर्माण भएका छन् । हुलाकी राजमार्ग अन्तर्गत ४८ किलोमिटर सडक कालोपत्रे भएको छ ।

५ वटा पुल निर्माण भएका छन् । कालिगण्डकी कोरिडोरमा ३३ किलोमिटर ग्रावेल सम्पन्न भएको छ । ३ वटा पुलहरुको निर्माण पनि सकिएको छ । कर्णाली राजमार्गमा ५ दशमलव ६ किलोमिटर ट्रयाक खोलिएको छ ।

मन्त्रालयले मदनभण्डारी राजमार्थ अन्तर्गत यो अवधिमा २६ किलोमिटर सडक कालोपत्रे भएको छ । ११ वटा पुलहरु निर्माण भएका छन् । सयदिनको अवधिमा २ सय किलोमिटर सडक कालोपत्रे भएको छ । १ सय ३० किलोमिटर ग्रावेल भएको छ भने ६९ किलोमिटर नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म सडक विभागबाट सञ्चालित योजनाहरुमा २४ दशमलव १३ प्रतिशत पूजिँगत खर्च भएको छ । लामो समयसम्म रुग्ण रहेका ठेक्काहरुलाई व्यवस्थापनका लागि सार्वजनिक खरिद नियमावदी २०६४ मा नवौं संशोधन भएपछि करिब १५ सय वटा ठेक्काको म्याद थप गरिएको छ ।

मन्त्रालय अन्तर्गत अहिलेसम्म कुल २२ दशमलव ८८ प्रतिशत पूजिगततर्फको वित्तिय प्रगति रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.