विशिष्ट कक्ष प्रवेशमा रोक लगाइएको भन्दै रावलले गरे गुनासो

विशिष्ट कक्ष प्रवेशमा रोक लगाइएको भन्दै रावलले गरे गुनासो

१७ फागुन, धनगढी ।
नेकपाका नेता भीम रावलले शनिबार धनगढी विमानस्थलको विशिष्ट कक्ष प्रवेशमा सुरक्षाकर्मीले रोक लगाएकोमा गुनासो गरेका छन् ।

प्रतिनिधिसभा सदस्य एवं नेकपा सुदूरपश्चिमका इन्चार्जसमेत रहेका रावल काठमाडौंबाट श्री एयरलायन्सको जहाजबाट धनगढी विमानस्थलमा ओर्लेपछि विशिष्ट कक्ष प्रयोग गर्न जाने क्रममाउनलाई प्रवेशमा रोक लागाएर सुरक्षाकर्मीले बाहिरको बाटोबाट पठाएका थिए।

‘विशिष्ट कक्ष प्रयोग गर्दैमा ठूलो सानो हुने भन्ने होइन। तर पूर्व जानकारी नदिई किन त्यसो गरियो भन्नेमा आश्चर्य लागेको हो,’पूर्वउपप्रधान, गृह तथा रक्षामन्त्रीसमेत रहेका नेता रावलले भने, ‘क–कसले विशिष्ट कक्ष प्रयोग गर्न पाउँछन् भन्ने नियम छ, वा सूचीमा म परिनँ भने सुरुमा कार्यान्वयन गर्न मै तयार हुन्छु।’

शनिबार धनगढीबाट राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौं फर्कने कार्यसूची थियो। राष्ट्रपति काठमाडौं फर्कने भएकाले विमानस्थल र विशिष्टकक्षको सुरक्षा व्यवस्था कडाई गरिएको थियो।

राष्ट्रप्रमुखको सुरक्षा व्यवस्थाको मर्यादाबारे बुझेकै व्यक्ति भएकाले आफूलाई त्यसबारे कुनै जानकारी नदिइ गरिएको अपमानजक व्यवहारले दुःखी बनाएको उनको भनाइ छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.