१७ फागुन,काठमाडौँ ।
ग्रील तथा स्टील व्यवसायीहरुले तत्काल सामाजिक सुरक्षा कोषमा जान नसकिने बताएका छन् । सरकारले सामाजिक सुरक्षा कोषमा अनिवार्य जानैपर्ने नियम बनाएपनि तत्काल त्यो अवस्था नरहेको व्यवसायीहरुले बताएका हुन् ।
ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले तत्काल सामाजिक सुरक्षा कोषमा जान सक्ने अवस्था नभएपनि ढिलो चाँडो जानैपर्ने बताए । न्यूनतम पारिश्रमिक दिनुपर्ने अवस्थामा पनि समस्या भइरहेको बेला सामाजिक सुरक्षा कोषमा तत्काल जान नसकिने उनले बताए । उनले न्यूनतम पारिश्रमिक नपाउने÷दिन नसकिएको समस्या सामाधानका लागि पहल भइरहेको बताए । मजदूरहरुको न्युनतम ज्याला र तलब, सुरक्षाका दृष्टिकोणले आवश्यक पर्ने सामग्रीहरुको उचित व्यवस्थापन गर्न पनि उनले उद्योगीहरुलाई आग्रह गरे ।
उनले संघभित्र देखिएका कमिकमजोरीहरु हटाएर अगाडी बढ्ने विश्वास पनि ब्यक्त गरे । साथै व्यवसायीहरुलाई व्यवसायीक बन्न पनि उनले आग्रह गरे । अवैधानिक व्यवसाय गरिरहेकाहरुलाई महासंघले कारवाही गर्ने चेतावनी दिँदै अध्यक्ष कटुवालले बजारमा समान मुल्यका आधारमा काम गर्न गर्न आग्रह गरे । शनिबार ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको कार्यालय भवन उद्घाटन गर्नुका सार्थ वार्षिक साधारण सभा गरिएको छ । शनिबार नै लुभु, टिकाथली, इमाडोल, चाङ्गथली, लामाटार एरिया समितिको वार्षिक साधारणसभा र बनभोज कार्यक्रम पनि सम्पन्न भएको छ ।