झापाबाट १५ लाख बराबरको अबैध समान बरामद

झापाबाट १५ लाख बराबरको अबैध समान बरामद

१८ फागुन, झापा । झापाका ३ छुट्टाछुट्टै स्थानबाट ठूलो परिणाममा अबैध रुपमा निर्यात भईरहेको करिव १५ लाख मूल्य बराबरको समान बरामद भएको छ ।

शनिवार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले झापाको कचनकवल गाउँपालिका ४ बाट अबैध रुपमा नेपालबाट भारत तर्फ साईकलमा लोड गरेर लैजाँदै गरेको हरियो मटर र मरिच गरी ८ लाख ९५ हजार रुपैयाँ बराबरको समान बरामद गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ बाट नेपालबाट भारत तर्फ लैजाँदै गरेको १ लाख ६६ हजार रुपैयाँ बराबरको लत्ता कपडा बरामद गरेको छ भने जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ बाटै करिव ५ लाख २८ हजार रुपैयाँ बराबरको सुपाडी र हरियो मटर बरामद गरेको थियो ।

अबैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागी आजै मेची भन्सार कार्यालय बुझाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.