१८ फागुन, जनकपुर । महोत्तरीमा आज बिहान एक जना व्यक्तिमाथि गोली प्रहार भएको छ ।
महोत्तरीको मनरासिसवा नगरपालिका वडा नम्बर–३ का ६१ वर्षीय सहदेवप्रसाद यादवमाथि अपरिचित व्यक्तिले बिहान २ बजे गोली प्रहार गरेका हुन्। यादवको छातीमुनि गोली लागेको छ ।
शौचालय गएका यादवमाथि गोली प्रहार गरिएको महोत्तरी प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले जनाए। गोली लागी घाइते भएका यादवको सामान्य उपचार पछि जनकपुरधामस्थित जानकी केयर अस्पताल पठाइएको र अहिले उनको अवस्था खतरामुक्त रहेको एसपी अधिकारीले बताए।
घटना कसले र किन गरायो भन्ने भन्ने बारे अनुसंधान भईरहेको एसपी अधिकारीको भनाइ छ।