अमेरिका चीनमा काम गरेका भारतीय राजदूत नेपाल आए

अमेरिका चीनमा काम गरेका भारतीय राजदूत नेपाल आए

१८ फागुन, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा काठमाडौं आएका छन् ।

गत महिना जनवरी ३० मा भारतीय विदेश मन्त्रालयले क्वात्रालाई नेपालका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको हो । तीन दशकदेखि भारतीय विदेश सेवामा रहेका क्वात्रासँग यसअघि संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन, फ्रान्स लगायतका मुलुकमा काम गरेको अनुभव छ ।

त्यसैले पनि उनलाई अनुभवी र चतुर कुटनीतिज्ञका रुपमा समेत लिने गरिन्छ । शालीन कुटनीतिको छवि बनाएका पूर्व राजदूत मन्जिभसिंह पुरीको अवकाशसँगै भारतले क्वात्रालाई नेपालका लागि राजदूत नियुक्त गरेको हो ।

क्वात्राले यसअघि २००६ देखि २०१० सम्म नेपाल स्थित सार्क सचिवालयमा व्यापार,अर्थव्यवस्था र वित्त व्यूरो प्रमुखका रुपमा प्रतिनिधित्व गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.