प्रधानमन्त्री भोली अस्पताल भर्ना हुने भएकाले मन्त्रिपरिषदको आकस्मिक बैठक आज बस्दै

प्रधानमन्त्री भोली अस्पताल भर्ना हुने भएकाले मन्त्रिपरिषदको आकस्मिक बैठक आज बस्दै

१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेका छन् । आज साँझ पाँच बजेका लागि बालुवाटारमा बैठक डाकिएको छ। मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्ने गर्छ ।

सोमबार प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुने भएकाले आजै बैठक डाकिएको हो ।

बैठकमा कोभिड-१९ भाइरसबाट जोगिन विभिन्न देशबाट आउने उडान बन्द गर्ने र नेपालमा अन्तर्रा्ष्ट्रिय सभा सम्मेलन तत्काल स्थगित गर्नेबारे निर्णय गर्न सक्नेछ ।यससम्बन्धमा अहिले मुख्यसचिव लोकदर्शन रेग्मीलगायत अधिकारीहरू सिंहदरबारमा छलफल गरिरहेका छन् ।

मन्त्रिपरिषद्ले गर्न सक्ने अर्को निर्णय राष्ट्रिय सभामा मनोनित हुने एक जना सदस्यको नाम राष्ट्रपतिलाई सिफारिस गर्ने हो। नेकपाको सचिवालय बैठकले यसअघि नै उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरिसकेको छ। तर प्रधानमन्त्री ओलीले तत्काल कसैको पनि नाम सिफारिस नगर्ने मनस्थिति बनाएकाले आज त्यसबारे निर्णय नहुन पनि सक्छ ।

प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ। उनी केही दिन अस्पतालमै बस्ने भएकाले अरू दैनिक प्रशासनिक निर्णय पनि आजको मन्त्रिपरिषद्ले गर्न सक्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.