१८ फागुन, काठमाडौं ।
अमेरिकी सरकारले कामदार भिसा मार्फत अमेरिका जानका लागि इच्छुकले आवदेश ‘एचवान बी’ले मार्च १ तारिकदेखि आवेदन खुल्ला गरेको छ । कामदार भिसा खुलेसँगै रोजगारीको लागि उच्च शिक्षा प्राप्त क्षमतावान नेपाली कामदार (वर्किङ) भिसामा अमेरिका जान पाउने भएका छन् ।
अमेरिकी रोजगारदाताले उच्च शिक्षा भएका व्यक्तिका लागि प्राथमिकता दिदै पहिलोपटक अनलाइनमार्फत आवेदन माग गरेको हो ।यो पटक ब्याचलर डिग्री गरेकाहरुका लागि विश्व भरबाट बढीमा ६५ हजारको कोटा खुला गरिएको सूचनामा उल्लेख छ । त्यसै गरी अमेरिकामै मास्टर्स डिग्री गरेकाहरूका लागि २० हजारको कोटा खुला गरेको बताईएको छ ।
युएससी आईएसको सूचना अनुसार मार्च १ तारिख दिउँसो १२ बजेदेखि आवेदन दिन सकिने उल्लेख छ ।रोजगारीको लागि अमेरिका जान चाहने व्यक्तिले विश्वको जुनसुकै स्थानबाट आवेदन भर्न सक्ने छन् । आवेदन दिन अनलाइन फर्म भर्नुपर्छ भने १० डलर शुल्क लाग्छ । सवै प्रकृया पूरा गरि पास भए एचवान बी भिसा पाईने छ ।