आजका प्रमुख खबरहरुः
१.(प्रचण्डमाथि जुत्ता प्रहार)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै काठमाडौंस्थित राष्ट्रिय सभागृहमा जुत्ता प्रहार / जुत्ता प्रहार गर्ने पूर्व माओवादी लडाकुका छोरा रतन तिरुवा प्रहरी नियन्त्रणमा ।
२.(प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण )
आगामी बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण हुने/ प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार नै महाराजगंज स्थित त्रिभुवन शिक्षण अस्पतालमा भर्ना हुने ।
३.(देउवाको आशंका)
सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्व सञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषय भएको शेरबहादुर देउवाको भनाई /अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र ल्यएको आरोप ।
४.(कोरोना देखिएन)
चीनको वुहानबाट ल्याएर भक्तपुरको खरिपाटी क्वारेण्टाइनमा राखिएका १ सय ७५ जनामा नै कोरोना भाइरसको संक्रमण नभएको पुष्टि/भोलि बिहानसम्म आधिकारिक घोषणा गरेर सबैलाई घर पठाउने तयारी ।
५.(यतिले मात्रै पुग्छ ?)
शिशु च्यापेकी महिलामाथि कुटपिटको आरोप लागेका इन्स्पेक्टर देवीप्रसाद पौडेल महानगरीय प्रहरी परिसर ललितपुर तानिए /भैंसेपाटी इन्चार्जमा रहेका इन्स्पेक्टर पौडेलको सट्टामा अर्का इन्स्पेक्टर सुजित ओझालाई पठाइयो ।
६.(आरोपै त हो)
जनउत्तरदायी भूमिका निर्वाह गर्न संञ्चारमाध्यमलाई रक्षामन्त्री ईश्वर पोख्रेलको आग्रह / अदृश्य स्रोतबाट सञ्चालित मिडियाहरु जनता र मुलुकप्रति उत्तरदायी हुनु भन्दा स्रोतको सेवामा समर्पित हुने गरेको आरोप ।
७.(पत्रकारको नियति)
लोकतान्त्रिक सरकार भएपनि प्रेस स्वतन्त्रताको प्रत्याभूति भने हुुन नसकेको पत्रकार महासघका अध्यक्ष गोविन्द आचार्यको भनाई /लेख्ने स्वतन्त्रताका लागि संचारकर्मी सडकमा आउनुपर्ने अवस्था श्रृजना हुनु दुखद भएको उल्लेख ।
८.(सरिताको सुर)
पेट्रोलियम पदार्थमा लगाएको कर फिर्ता नलिए संसद अवरुद्ध गर्ने समाजवादी पार्टी नेपालको चेतावनी /सरकारले आफ्नो असफलता लुकाउन करको दायर बढाएको भन्दै पेट्रोल र डिजलमा विकास करको नाममा बढाइएको मूल्य फिर्ता लिन माग ।
९.(नेविसंघको राजनीति)
नेपाल विद्यार्थीसंघआबद्ध विद्यार्थीहरूद्धारा देशभरका क्याम्पस बिरोध प्रदर्शन/पेट्रोलियम पदार्थमा बृद्धि गरिएको पूर्वाधार विकास कर फिर्ता लिन माग ।
१०.(बामदेवले दुःखी बनाए)
पार्टीभित्रको अन्तरविरोधले मतदाताहरु दुःखी भएको सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य रघुजी पन्तको भनाई / बामदेव गौतमलाई निर्वाचनमा पराजित भएको २ वर्ष नपुग्दै राष्ट्रियसभामा लैजाने कुरा उपयुक्त नभएको दाबी ।
११.(मनन् योग्य प्रस्ताव)
सामाजिक कुरिती र एसिड प्रहार जस्ता घटना रोक्न विशेष अभियान सञ्चालन गर्न सांसदहरुको माग /एसिड विक्रि राज्यबाट अनुमति प्राप्त व्यक्तिले मात्रै गर्न पाउने र किन्ने व्यक्तिको सम्पूर्ण रेकर्ड राख्ने प्रावधान बनाउनुपर्नेमा जोड ।
१२.(वहसले निर्यात बढ्छ ?)
सरकार स्वदेशी वस्तुहरुको निर्यात बढाउने विषयमा केन्द्रीत भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भनाई /नेपाल र बंगलादेशका अधिकारीबीच व्यापार सहजता र नेपाली वस्तुहरुमाथि बंगलादेशले लगाएको ट्यारिफको विषयमा छलफल ।
१३.(आए दक्षिणी दूत)
नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा काठमाडौं आए / राष्ट्रसंघ, अमेरिका, चीन, फ्रान्समा काम गरेका राजदूतअनुभवी र चतुर कुटनीतिज्ञ ।
१४.(इपिएलका विदेशी)
आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) कालागि भैरहवा ग्लयाडिएटर्सद्वारा आफ्नो विदेशी खेलाडीको नाम सार्वजनिक/ओमान, श्रीलंकाका खेलाडी भैरहवाबाट खेल्ने /न्युजिल्यान्डका अलराउण्डर कोरी एन्डरसन काठमाण्डौ किंग्स बाट खेल्ने ।
र,
१५.(कोरोना फैलिदै)
कोरोनाका कारण इरानमा ४३ जनाको मृत्यु, ५ सय ९३ जना संक्रमित/ इरानपछि सबैभन्दा धेरै युरोपेली मुलुक इटालीमा १८ जनाको मृत्यु /दक्षिण कोरियामा संक्रमितको संख्या ३१ सय ५० पुग्यो /हालसम्म १७ जनाको मृत्यु ।