सुरक्षा निकायका १६ जना प्रहरी अख्तियारको फन्दामा

सुरक्षा निकायका १६ जना प्रहरी अख्तियारको फन्दामा

१९ फागुन, रसुवा । सुरक्षा निकायको नेपाल प्रहरीका प्रहरी अधिकृतसहित १६ प्रहरी अख्तियारको फन्दामा परेका छन् ।

केरुङबाट आउँदै गरेको ना६ख ४९३२ नम्बरको कन्टेनरबाट गत माघ ११ गते ४ सय २२ ग्राम सुन सम्बन्धित निकायमा नबुझाई एक–आपसमा बाँडफाँड गरेको आयोगमा उजिरीपछि छानविन शुर गरेको र पदमा रहँदा प्रमाण लोप वा नाश गर्न सक्ने भएकाले उनीहरुलाई पदबाट नै निलम्बन गर्न पत्र लेखेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभएको छ । १६ जना प्रहरी हाल निलम्बित भइसकेका छन् ।

निलम्बनमा परेका प्रहरीहरुको नामावली:

प्रहरी निरिक्षक भो बहादुर सेन वली, प्रहरी हवल्दार रामशरण रिमाल, प्रहरी हवल्दार पुरुषोतम खत्री, प्रहरी हवल्दार रामकाजी लामा, प्रहरी हवल्दार गोपी बहादुर लो तामाङ, प्रहरी जावन शिव नारायण चौधरी, प्रहरी जवान भाविलाल रुम्वा लामा, प्रहरी जवान रामचन्द्र विक, प्रहरी जवान रिता चौधरी, प्रहरी जावन मनोज आले, प्रहरी जवान छेक्यु डोल्मा मोक्तान प्रहरी जावन तारा बहादुर प्रज्ञा, प्रहरी जवान युवाराज खरेल, प्र.का.स. हरि बहादुर श्रेष्ठ रहेका छन् । (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.