१९ फागुन, काठमाडौं । सर्वोच्च अदालतले कोभिड-१९ नाम दिइएको कोरोनाभाइरसको संक्रमण रोक्ने आवश्यक कदम चाल्न सरकारलाई अन्तरिम आदेश दिएको छ ।
अधिवक्ता पूर्ण राजवंशीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाई हालेको रिटको सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सोमबार मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य मन्त्रालयलाई आवश्यक कदम चाल्न अन्तरिम आदेश दिएको हो ।
नेपालमा अहिलेसम्म कोभिड(१९ को धेरै संक्रमित फेला परेका छैनन्। केही समयअघि एक जनामा उक्त भाइरस देखिए पनि उनी उपचार गरेर घर फर्किसकेका छन्।
आइतबारमात्र एक जना चिनियाँसहित चार जनालाई कोभिड-१९ को आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ।