आजका प्रमुख खबरहरुः
१.(सरकारको ध्यान पुगोस्)
कोभिड १९ नाम दिइएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि केही दिन वा महिनाका लागि अन्तर्राष्ट्रिय उडान रोक्न सरकारको नाममा सर्वाैच्चद्वारा अन्तरिम आदेश जारी/ एक जना चिनियाँसहित चार जना टेकु अस्पतालको आइसोलेसनमा भर्ना ।
२.(भेटिएन कोरोना)
चीनको वुहानबाट उद्दार गरेर नेपाल ल्याइएका १ सय ७५ जना नै कोरोनामुक्त भएको पुष्टि / कोरोनाको संक्रमण देखा नपरेपछि सबै घर फर्किए / उद्दारमा गएका पाइलटसहित १८ सदस्यलाई पनि घर पठाइयो ।
३.(काम नभए विमानस्थल नजाऔं)
त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थलमा अत्यावश्यक बाहेक अन्य अवस्थामा प्रवेश नगर्न नागरिक उड्ययन प्राधिकरणद्वारा सूचना जारी /विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेपछि विमानस्थल प्रवेशमा कडाई ।
४.(सर्तकर्ता अपनाउ)
रोजगारीका लागि बहराइन जान लागेका ३० नेपालीलाई कोरोनाको उच्च जोखिममा रहेको देश भएको आधारमा दुबईबाट नेपाल फिर्ता पठाइएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भनाई /अत्यावश्यक काम बाहेक विदेश नजान तथा भोजभतेर नगर्न अनुरोध ।
५.(दाहाल जुत्ता प्रकरण)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाललाई जुत्ता प्रहार गरेका रतन तिरुवालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति /दाहालमाथि जुत्ता प्रहार गरेर अभद्र व्यवहार सम्बन्धी कसुर अभियोगमा अनुसन्धान जारी ।
६.(सरकारलाई रुलिङ)
पूर्वाधार विकास करको नाममा पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँ कर लगाउने सरकारको निर्णय सम्बन्धमा सरकारको नाममा सभामुख अग्निप्रसाद सापकोटाको रुलिङ/ इन्धनमा लगाइएको दोहोरो करको सामाजवादी पार्टीकी सांसद सरिता गिरीद्वारा विरोध ।
७.(गाँजालाई बैधानिक बनाउ)
गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता / राज्यले तोकेको निश्चित ठाउँमा अनुमति लिएर किसानहरुले खेती गर्न पाउनुपर्ने ब्यवस्था गर्न विधयेकमा माग
८.(राजसंस्थाको वकालत)
संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न राप्रपाद्वारा संविधान संशोधनको प्रस्ताव /संसदको अधिकारको अपमान गर्दै मन्त्रिपरिषद्ले इन्धनमा पूर्वाधार विकास कर दोब्बरले बढाएकोमा आपत्ति ।
९.(योजना पारित)
राष्ट्रिय योजना आयोगको पूर्ण बैठकद्वारा १५ औं योजना पारित /२२ वटा राष्ट्रिय गौरवका आयोजनालाई आवश्यक परेमा परिमार्जन तथा थपघट गर्न सकिने विषयमा पनि छलफल /आयोगले पहिचान गरेका १८ वटा रुपान्तरणकारी योजनालाई अगाडि बढाउने बैठकको निर्णय ।
१०.(राष्ट्रिय योजना)
समृद्धि र सुखको आधार निर्माण गर्ने रणनीतिक र बृहत प्रभाव पार्ने खालका आयोजनाहरुलाई योजना आयोगले रुपान्तरणकारी आयोजनाका रुपमा अगाडी बढायो / आयोजनामा लगानी प्रवद्र्धन,रोजगारी सिर्जना, गरिबी न्युनीकरण गर्ने परियोजनाहरु समावेस ।
११.(वहसमा मदन विश्वविद्यालय)
मदन भण्डारी विश्वविद्यालयमा अध्यक्षको चयन गर्न समयअवधि तोक्नुपर्ने, विश्वविद्यालयमा जनप्रतिनिधिको प्रतिनिधित्व तथा महिलाको सहभागिता अनिवार्य हुनुपर्ने सांसदहरुको भनाई / विश्व विद्यालय र स्थानीय जनताबीचको पुलको रुपमा काम गर्न पनि जनप्रतिनिधिलाई स्थान दिनुपर्नेमा जोड ।
१२.(इमान्दारिताको कदर)
महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा २१ जना असल ट्याक्सी चालकहरुलाई सम्मान / यात्रुहरुले ट्याक्सीमा भुलेका सामान ट्याक्सी चालकहरुले आफै प्रहरीमा बुझाई मानविय सहयोग गरेकाले सम्मान गरिएको महाशाखाको भनाई ।
१३.(शेयर बजारमा उच्च गिरावट)
सोमबारको शेयर बजारमा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि सर्किट लागेर बन्द /आइतबार ४० अंकले घटेको नेप्से सोमबार झण्डै १ सय अंकले तल झर्यो / कारोबार भने २ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी ।
१४.(ओखलढुंगामा अल्ट्रा)
ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा आयोजित ‘खिजिदेम्बा अल्ट्रा म्याराथन’ दोश्रो संस्करणको उपाधि भिमबहादुर गुरुङ र रोजिना भण्डारीले जिते / ४२ किलोमिटर दुरी गुरुङद्धारा ३ घण्टा ४९ मिनेटमा पुरा ।
र,
१५.(फैलिदै कोरोना)
कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ३ हजार नाध्यो /चीनको वुहानबाट गत डिसेम्बरदेखि फैलिएको कोभिड–१९ , त्रिहत्तर देशमा फैलियो/नयाँ दिल्लीमा इटालीबाट आएका एक जनामा पनि भाइरसको संक्रमण देखियो ।