दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(सरकारको ध्यान पुगोस्)
कोभिड १९ नाम दिइएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि केही दिन वा महिनाका लागि अन्तर्राष्ट्रिय उडान रोक्न सरकारको नाममा सर्वाैच्चद्वारा अन्तरिम आदेश जारी/ एक जना चिनियाँसहित चार जना टेकु अस्पतालको आइसोलेसनमा भर्ना ।

२.(भेटिएन कोरोना)
चीनको वुहानबाट उद्दार गरेर नेपाल ल्याइएका १ सय ७५ जना नै कोरोनामुक्त भएको पुष्टि / कोरोनाको संक्रमण देखा नपरेपछि सबै घर फर्किए / उद्दारमा गएका पाइलटसहित १८ सदस्यलाई पनि घर पठाइयो ।

३.(काम नभए विमानस्थल नजाऔं)
त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थलमा अत्यावश्यक बाहेक अन्य अवस्थामा प्रवेश नगर्न नागरिक उड्ययन प्राधिकरणद्वारा सूचना जारी /विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेपछि विमानस्थल प्रवेशमा कडाई ।

४.(सर्तकर्ता अपनाउ)
रोजगारीका लागि बहराइन जान लागेका ३० नेपालीलाई कोरोनाको उच्च जोखिममा रहेको देश भएको आधारमा दुबईबाट नेपाल फिर्ता पठाइएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भनाई /अत्यावश्यक काम बाहेक विदेश नजान तथा भोजभतेर नगर्न अनुरोध ।

५.(दाहाल जुत्ता प्रकरण)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाललाई जुत्ता प्रहार गरेका रतन तिरुवालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति /दाहालमाथि जुत्ता प्रहार गरेर अभद्र व्यवहार सम्बन्धी कसुर अभियोगमा अनुसन्धान जारी ।

६.(सरकारलाई रुलिङ)
पूर्वाधार विकास करको नाममा पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँ कर लगाउने सरकारको निर्णय सम्बन्धमा सरकारको नाममा सभामुख अग्निप्रसाद सापकोटाको रुलिङ/ इन्धनमा लगाइएको दोहोरो करको सामाजवादी पार्टीकी सांसद सरिता गिरीद्वारा विरोध ।

७.(गाँजालाई बैधानिक बनाउ)
गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता / राज्यले तोकेको निश्चित ठाउँमा अनुमति लिएर किसानहरुले खेती गर्न पाउनुपर्ने ब्यवस्था गर्न विधयेकमा माग

८.(राजसंस्थाको वकालत)
संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न राप्रपाद्वारा संविधान संशोधनको प्रस्ताव /संसदको अधिकारको अपमान गर्दै मन्त्रिपरिषद्ले इन्धनमा पूर्वाधार विकास कर दोब्बरले बढाएकोमा आपत्ति ।

९.(योजना पारित)
राष्ट्रिय योजना आयोगको पूर्ण बैठकद्वारा १५ औं योजना पारित /२२ वटा राष्ट्रिय गौरवका आयोजनालाई आवश्यक परेमा परिमार्जन तथा थपघट गर्न सकिने विषयमा पनि छलफल /आयोगले पहिचान गरेका १८ वटा रुपान्तरणकारी योजनालाई अगाडि बढाउने बैठकको निर्णय ।

१०.(राष्ट्रिय योजना)
समृद्धि र सुखको आधार निर्माण गर्ने रणनीतिक र बृहत प्रभाव पार्ने खालका आयोजनाहरुलाई योजना आयोगले रुपान्तरणकारी आयोजनाका रुपमा अगाडी बढायो / आयोजनामा लगानी प्रवद्र्धन,रोजगारी सिर्जना, गरिबी न्युनीकरण गर्ने परियोजनाहरु समावेस ।

११.(वहसमा मदन विश्वविद्यालय)
मदन भण्डारी विश्वविद्यालयमा अध्यक्षको चयन गर्न समयअवधि तोक्नुपर्ने, विश्वविद्यालयमा जनप्रतिनिधिको प्रतिनिधित्व तथा महिलाको सहभागिता अनिवार्य हुनुपर्ने सांसदहरुको भनाई / विश्व विद्यालय र स्थानीय जनताबीचको पुलको रुपमा काम गर्न पनि जनप्रतिनिधिलाई स्थान दिनुपर्नेमा जोड ।

१२.(इमान्दारिताको कदर)
महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा २१ जना असल ट्याक्सी चालकहरुलाई सम्मान / यात्रुहरुले ट्याक्सीमा भुलेका सामान ट्याक्सी चालकहरुले आफै प्रहरीमा बुझाई मानविय सहयोग गरेकाले सम्मान गरिएको महाशाखाको भनाई ।

१३.(शेयर बजारमा उच्च गिरावट)
सोमबारको शेयर बजारमा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि सर्किट लागेर बन्द /आइतबार ४० अंकले घटेको नेप्से सोमबार झण्डै १ सय अंकले तल झर्यो / कारोबार भने २ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी ।

१४.(ओखलढुंगामा अल्ट्रा)
ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा आयोजित ‘खिजिदेम्बा अल्ट्रा म्याराथन’ दोश्रो संस्करणको उपाधि भिमबहादुर गुरुङ र रोजिना भण्डारीले जिते / ४२ किलोमिटर दुरी गुरुङद्धारा ३ घण्टा ४९ मिनेटमा पुरा ।

र,
१५.(फैलिदै कोरोना)
कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ३ हजार नाध्यो /चीनको वुहानबाट गत डिसेम्बरदेखि फैलिएको कोभिड–१९ , त्रिहत्तर देशमा फैलियो/नयाँ दिल्लीमा इटालीबाट आएका एक जनामा पनि भाइरसको संक्रमण देखियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.